arrow

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
Mugling-Narayanghat.jpeg

मुग्लिन । पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४:४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । 

सोमबार साँझ ७:३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड मंगलवार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई मंगलवार बिहान ७:३० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

ओभरटेक नगरिकन आफ्नो लेनमा रही ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको सङ्केतलाई पूर्ण पालना गरी सवारी चलाउन सवारी चालकलाई प्रहरीले अनुरोध गरेको छ । 

नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षाको समयमा पहिरो खसी पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ । सवारी चालकले जथाभावी ओभरटेक गर्दा पहिरो पञ्छाइ सडक खुलाइए पनि घण्टौँसम्म जाम हुने समस्या छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ