arrow

देउवाबाटै देश कोरोनामुक्त हुने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा. शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनियर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका हुन् ।  

नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहेका देउवा मुलुकको प्रधानमन्त्री बनेकामा शुभकामनासहित उनको सफल कार्यकालको कामना पनि गरिएको छ । देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । 

सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ