arrow

लोकसेवाले खुलायो अधिकृत स्तरका लागि ठुलो सङ्ख्यामा विज्ञापन

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार ३१ बिहिबार
loksewa-aayog-psc.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईको लोक सेवा आयोगले अधिकृत स्तर (प्राविधिक अप्राविधिक) को लागि ठुलो सङ्ख्यामा विज्ञापन खुलाएको छ । लोकसेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो ।

अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ।

त्यस्तै गरी खुल्ला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।

 खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ। दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म समय रहेको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ