- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गरेको छ ।
बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।
यी दुवै आयोग द्वन्द्वकालीन समस्या समाधानका लागि गठन भएका आयोग हुन् । यी दुवै आयोगको म्याद आजै सकिँदै थियो ।
बैठकले दुवै आयोगमा रहेका पदाधिकारीको म्याद पनि एक वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।