arrow

देउवालाई खतरा पर्ला है, छिटो विश्वासको मत लिनुहोस् : तामाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
sherbahadur-tamang.JPG

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले जतिसक्दो छिटो विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्  । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘लामो समय बस्न मन छ भने छिटो विश्वासको मत लिनुहोस्, शेरबहादुर देउवालाई खतरा पर्ला है, छिटो विश्वासको मत लिनुहोस् ।’ उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारे । 

तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदै पनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपरेको दाबी गरे । उनले भने,‘हामीसँग जनमत थियो । तर, अदालतको परमादेशबाट हामीले सरकार अरूलाई सुम्पिनुपर्‍यो ।’ 

उनले एमालेभित्रको आन्तरिक जीवनमा केही खटपट सिर्जना भएको र अहिले आफूहरूबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको पनि सुनाए । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनको लागि भोट हाल्नेहरूलाई बाटो खुल्ला रहेको पनि सुनाए । 
उनले देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने पनि सुनाए । उनले देउवाले घोषणा गर्ने निर्वाचनमा आफ्नो पार्टीले भाग लिने पनि बताए । उनले भने,‘हामी अरूजस्तो चुनावबाट भाग्ने वाला छैनौँ । भाग लिन्छौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ