arrow

पोखराका मेयर जिसीलाई हृदयाघात, थप उपचारका लागि काठमाडौं लगिदै

logo
हरि पन्त, 
प्रकाशित २०७८ साउन १ शुक्रबार
man-bahadur-gc-mayor-pokhar.jpg

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । हृदयाघातका कारण शरीरको दायाँ भागमा असर परेको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । 

मेयर जिसीको एक नसा ब्लक भएको चिकित्सकले बताएको बरालले जानकारी दिए । उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं न्यूरो लैजाने तयारी भइरहेको बताइएको छ । बरालका अनुसार मेयर जिसी अहिले खतरामुक्त रहेको र उनी बोलचाल गर्न सक्ने अवस्थामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ