arrow

अमृतबेलामा बालुवाटार प्रवेश गरे प्रधानमन्त्री देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रवेश गरेका छन् । उनी उनका भरपर्दा ज्योतिष सुरेशचन्द्र रिजालले दिएको साइतअनुसार बालुवाटार छिरेका हुन् । 

शुक्रबार बिहान ९ः५७ बजेको साइतमा देउवालाई बालुवाटार प्रवेश गर्ने समत रिजालले दिएको भए पनि उनी ६ मिनेट ढिला गरी बालुवाटार प्रवेश गरेका थिए । 

यद्यपि उक्त समय भने ज्योतिषी समयअनुसार अमृत बेला रहेको थियो । 

सर्वोच्च अदालतले दोस्रो पटक केपी शर्मा ओली सरकारले विघटन गरेको संसद ब्युँताएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गत असार २८ गते सोमबार राष्ट्रपतिका नाममा परमादेश जारी गरेसँगै २९ गते मंगलबार राति देउवाले पाँचौं पटक प्रधानमन्त्रीमा शपथ खाएका थिए । 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गत बुधबारमात्रै बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ