arrow

एमालेको निर्णय : देउवालाई विश्वासको मत नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
uml-standing-committee-meet-balkot.jpg

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रवार बसेको केपी शर्मा ओली पक्षीय एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो । 

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता सुवास नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई हाम्रो समर्थन हुँदैन,’ नेम्बाङले हाम्रा कुरासँग भने ।  

बैठकमा माधव नेपाल पक्षका नेताहरू पनि पुगेका थिए । सो क्रममा उनीहरूले स्थायी कमिटी बैठक स्थगित गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर अध्यक्ष ओली समूहले बैठक स्थगित नगरेपछि उनीहरू बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ