arrow

प्रधानमन्त्री देउवाले संसदको पहिलो दिनमै लिँदै विश्वासको मत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएको प्रतिनिधि सभाको आठौं अधिवेशनको पहिलो दिनमै विश्वासको मत लिने भएका छन् । संसद् सचिवालय स्रोतले आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची राखिएको छ ।

बैठक आइतबार अपरान्ह ४ बजेका लागि डाकिएको छ । पाँच दलीय गठबन्धनको बल पुगेपछि प्रधानमन्त्री देउवाले आइतबारै विश्वासको मत लिन थालेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । पछिल्लो समय गठबन्धनका नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी जसपा नेपालको उपेन्द्र यादव समूहबाट समर्थन बढेपछि देउवाले आइतबार नै विश्वासको मत लिन लागेका हुन् । 

कार्यव्यवस्था समितिको बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्वासको मतको प्रस्ताव लैजाने बताइएको छ । त्यसैगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता साझेदारी रहेको सरकारले सभामुख अग्निप्रसाद सापकोटालाई विश्वासको मत आइतबारै लिने सम्बन्धमा जानकारी गराइसकेको छ । 

सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन र एक साताभित्रै प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश जारी गरेसँगै देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका हुन् । 

देउवाले आफू प्रधानमन्त्री भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भए पनि सत्ता संचालनलाई सहज बनाउन उनले पहिलो दिन नै विश्वासको मत लिन थालेका हुन् । 

विश्वासको मत प्राप्त भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने योजना रहेको छ । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा माधवकुमार नेपाल पक्षको ढोका बन्द गर्न खोजेपछि नेपाल पक्ष पनि देउवालाई नै समर्थन गरेर अगाडि बढ्ने स्थितिमा पुगेको छ । 

अदालतको फैसलाले समेत देउवालाई समर्थन गरेका १४६ जना सांसद नै नैतिक दबाबमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ