arrow

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमाः देउवाका पक्षमा १५० बढी सांसद रहेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
congress-deubaa.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन् ।

त्यसका लागि संसद सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गरिएको छ । कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत सो प्रस्ताव दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका हुन् ।

संसद सचिवालयका अनुसार आजै बस्ने प्रतिनिधि सभाको दोश्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने उनले जानकारी दिए ।

प्रतिनिधिसभा नेपाली काँग्रेसका ६१ र माओवादीका सभामुखबाहेक ४८ सांसद छन् । जसपाका उपेन्द्र यादवको पक्षमा १७ सांसद रहेको दाबी छ । राष्ट्रिय जनमोर्चाकी एक सांसद सत्ता गठवन्धनमा नै छिन् ।

यसैगरी नेकपा एमालेको माधव नेपाल समूहबाट देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा हस्ताक्षर गर्ने २३ बाहेक अन्य सांसद पनि देउवालाई विश्वासको मत दिन आउने अनुमान छ । यी सांसद मात्रै आउंदा पनि देउवाका पक्षमा १५० जना सांसद पुग्ने दाबी गरिंदैछ ।

प्रतिनिधिसभामा हाल कायम रहेका कुल २७१ सदस्यमध्ये प्रधानमन्त्री देउवालाई बहुमत पुर्याउन १३६ मत आवश्यक पर्ने देखिन्छ ।

२८ असारमा सर्वोच्च अदालतले केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनको निणर्यलाई बदर गर्दै पुर्नस्थापना गरिदिएको थियो भने देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवा  २९ असारमा प्रधानमन्त्री बनेका थिए ।

संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनैपर्छ । प्रधानमन्त्री देउवालाई सत्ता गठवन्धन आबद्ध सबै दलले विश्वासको मत दिने प्रतिबद्धता जनाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ