arrow

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई कोरोना विरुद्धको खोप: प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
ser-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलोे प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् ।

आइतबार विहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि दिएका छन् ।

देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन् । खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गरेका हुन् । 

अमेरिकी खोप कार्यक्रम थालनी कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि उपस्थित थिए । यसका साथै प्रधानमन्त्री देउवाले नागरिकलाई खोप लगाउने केन्द्रहरुको पनि अनुगमन गरेका हुन् ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै कोरोना विरुद्धको खोप पहिलो प्राथमिकता भएको बताएका देउवाले आइतबार साँझ प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा पनि सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता पनि खोप भएको बताएका थिए ।

प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री देउवाले अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण भएको बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ