प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई, नजिक रहेर काम गर्ने विश्वास
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
1.9k
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री खानले आज सोमबार बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाइने बताएका छन्। । उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरेका छन् ।
आइतबार साँझ प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई दिएका थिए ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिएपछि अन्तर्राष्ट्रिय स्तरबाट बधाई आउनेक्रम जारी छ ।