arrow

ओली सरकारका १३ मन्त्री जसले देउवालाई दिए विश्वासको मत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
Sher-bahadur-deuba-n.jpg

काठमाडौँ। केपी ओली नेतृत्व सरकारका १३ जना मन्त्रीहरूले आइतबार नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। देउवालाई विश्वासको मत दिनेहरूमा जनता समाजवादी पार्टीको ठाकुर पक्षका सबै सांसदहरू पनि छन्। ओली सरकारमा ठाकुर पक्षका १० नेता १९ दिन र एक नेता १३ दिन सहभागी भएका थिए।

ओली सरकारमा सहभागी भएका ठाकुर पक्षका नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, राज किशोर यादव, अनिल झा, लक्ष्मणलाल कर्ण, एकबाल मिया, चन्दा चौधरी, विमल श्रीवास्तब, उमाशङ्कर अरगरैया, चन्द्रकान्त चौधरी, रेणुका गुरुङले आइतबार देउवालाई विश्वासको मत दिएका छन् । 

यसैगरी ओली सरकारमा सहभागी भएका एमालेका दुई  मन्त्री प्रेम आले र धनबहादुर बुढाले पनि देउवा सरकारलाई विश्वासको मत दिएका छन्। आले सरकारमा वन मन्त्री थिए भने बुढा पर्यटन राज्यमन्त्री थिए। तर आले र बुढाले लामो समयसम्म मन्त्री रहन पाएनन्। उनीहरूले ६ महिना मात्र मन्त्री भएका थिए।

देउवा सरकारलाई विश्वासको मत दिने सवालमा जसपाको दुवै पक्ष एक ठाउँमा आएको छ। दुवै पक्षले देउवा सरकारलाई विश्वासको मत दिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ