arrow

देउवा एकैदिन छ खोपकेन्द्र निरीक्षणमा, ‘खोपमात्र एक सूत्रीय नीति’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
pm-deuba-vaccine-observatio.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि नेपाली जनता बचाउने एकमात्र सूत्र लिएर अगाडि बढेका छन् । उनले नेपाली लगाउन मिल्ने सबैलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने एकमात्र नीति लिएर अगाडि बढेका छन् । 

आइतबार राति संसदबाट विश्वासको मत लिई डेढ वर्षका लागि सत्ताको बागडोर सुरक्षित गरेका देउवाले सोमबार बिहानदेखि नै खोप अभियानमा व्यक्त देखिए । उनले सोमबार मात्रै आधा दर्जन खोप केन्द्र निरीक्षणमा गए । उनले उक्त कार्यक्रममा सहभागी भएर फ्रन्टलाइनरलाई हौसलामात्र दिएका छैनन् खोप लगाउन उत्साह पनि थपेका छन् । 

उनले यसअघि नै खोप केन्द्र थपेर खोप दिन निर्देशन दिएसँगै खोप केन्द्रहरु थपिएका छन् । अझै पनि खोप केन्द्रमा भीड भएकोमा देउवाले सजग गराएका छन् । उनी सोमबार खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेका हुन् । 

केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा अशेष ढुङ्गेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराएका थिए । देउवाले अस्पतालमा खोप लगाइरहेका बेला निरीक्षण गरेका हुन् । उनीसँगै नेपालस्थित अमेरिकाका राजदूत र्याण्डी बेरी पनि थिए । 

प्रधानमन्त्री देउवालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, युनिफाइड अस्पतालका कार्यकारी निर्देशक डा जागेश्वर गौतमले लगायतले अस्पतालका बारेमा जानकारी गराएका थिए । 

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा कल्याण शाखा प्रमुख डा झलक शर्मा गौतमले आजदेखि काठमाडाँै उपत्यका, काभ्रे र गण्डकी प्रदेशका केही जिल्लामा उक्त खोप लगाउन थालिएको जानकारी दिए ।

जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइने छ । उनले खोपलाई चाँडै नै देशभर पुर्याउने बताए । 

त्यस्तै यो खोप खाडी मुलुकमा काममा जाने कामदारका लागि पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यसका लागि भिसा र पासपोर्ट अनिवार्य गरिएको छ ।  

अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको हो । सो खोपको एक मात्रा लगाए पुग्छ । यसअघि नेपालमा कोभिशिल्ड र भेरोसेल खोप लगाइएको थियो ।  

केपी शर्मा ओली नेतृत्वको सरकारले झण्डै साढे १३ लाख ६५ वर्षमाथिका वृद्धवृद्धालाई कोभिशिल्डको दोस्रो डोज दिएन । प्रधानमन्त्री देउवा भने यसमा पनि गम्भीर देखिएका छन् । उनले सोमबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । उनले खोपको माग पनि गरेका छन् र तत्काल खोप उपलब्ध गराउने वचन मोदीले गरेका छन् । 

भारतबाट कोभिशिल्ड खोप आउनासाथ वृद्धवृद्धालाई लगाउन सकिने छ । 

नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । मुलुकमा अहिलेसम्म २९ लाख ९९ हजार २१४ पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ दोस्रो मात्रा खोप लगाइसकिएको छ । 

जसरी प्रधानमन्त्री देउवाले गत आइतबार संसदमा विश्वासको मत दिन आग्रह गर्दै सरकारको एकमात्र प्राथमिकता खोप हुने बताएका थिए । तीन पटकसम्म प्राथमिकतामा खोप, खोप र खोप नै प्राथमिकतामा रहेको बताएका थिए । 

सोही अनुसार उनले जनशक्ति परिचालन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ