arrow

प्रचण्ड निवास पुगे प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
deuba-dahal-niwas.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् ।

प्रचण्ड पुत्री गंगा दाहालले प्रधानमन्त्री देउवा खुमलटारस्थित आफ्नो निवास आएको हाम्राकुरालाई जानकारी दिइन् ।

सोमबार नै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न वालुवाटार पुगेका थिए । सो क्रममा सरकार विस्तार र सरकारको योजना तथा कार्यक्रम बनाउने बारेमा छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ