arrow

एसएसपी राणा डीआइजीमा बढुवाका लागि सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
nepal-police12.jpg

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एक स्थानमा राणालाई एसएसपीबाट डीआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीआइजी बढुवाका लागि सिफारिसमा परेका राणा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनी यसअघि बढुवा हुनबाट पछि पर्दै आएका थिए ।

डीआईजी सहकुल थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी रिक्त थियो । सोही स्थानमा राणा बढुवा सिफारिसमा परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ