arrow

नेपाली क्रिकेटलाई विवादमा तान्ने प्रयास, ज्ञानेन्द्र र पारसको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
paras-gyanendra3.JPG
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का र नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले एक अनलाइनमा गत बुधबार प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उक्त अनलाइनमा एभरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले गैर नाफामुलक अभियान बलियो नेपाल अभियानको कार्यक्रममा सदस्यसँगै कप्तान र खेलाडी आबद्ध भएपछि क्यानले यसबारे अनुसन्धान गर्नुपर्ने बताएका थिए । 

यही आधारमा तयार पारिएको समाचार भ्रामक भन्दै दुई खेलाडी र एक पदाधिकारीले आपत्ति जनाएका हुन् । प्रेस विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र, पारस र लामाले ‘क्लब हाउसमा आयोजना गरेको क्रिकेट छलफल कार्यक्रममा सहभागी भएको विषयलाई आधार बनाएर हामी खेलाडी र नेपाली क्रिकेट संघका बोर्ड सदस्यमाथि सोधिएको प्रशन निन्दनीय छ’ भनिएको छ । 

विज्ञप्तिमा ‘नेपालका लागि दुई दशक लामो समयदेखि क्रिकेट खेल्दै र टोलीको कप्तानी गर्दै आएका खेलाडीको चरित्रमाथि नै प्रश्न सोधिनु आफैमा निच कार्य रहेको हाम्रो बुझाइ छ’ भनिएको छ ।  प्रकाशित सो समाचारले खेलाडीहरु शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल र रुबिना क्षेत्रीको चरित्रमा दाग लगाउने काम गरेको छ’ भनिएको छ । 

विज्ञप्तिमा ‘सार्थै खेलाडी र बोर्ड सदस्यमाथि मानहानी र चरित्र हत्या गर्ने उद्देश्यका साथ चालिएको यो कदमको खण्डन गर्दै सो समाचार भ्रामक रहेको जानकारी गराउँदछौं’ भनिएको छ । 

अख्तरले क्यानका लामासँगै नेपाली क्रिकेट टोलीका कप्तान एवं वर्तमान खेलाडीले एकै क्षेत्रमा सँगै उपस्थित हुन नहुने तर्क राख्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन बहादुर सिंह, क्रिकेट निर्देशक विनोद दास र प्रबन्ध निर्देशक रौनक मल्ललाई बुधबार इमेल लेखेको बताइएको छ । 

क्यानले पनि आवश्यकता परे छानबिन गर्न सकिने जनाएको छ । 

यसै सम्बन्धमा पूर्व कप्तान पारसले यसो लेखेका छन् फेसबुकमार्फत–
‘राष्ट्रिय क्रिकेट टिमको दशकौंको कडा मेहनत र अथक प्रयासले नेपाली क्रिकेट आज यो अवस्थामा आइपुगेको छ । यो यात्रा उतारचढावपूर्ण रहेको सबैमा सर्वविदितै छ। राष्ट्रलाई प्रतिनिधित्व गर्ने क्रममा मेरो प्रदर्शनमाथि प्रश्न उठे होलान्, जुन स्वभाविक हो। मैले सरल र सहज रूपमा ती प्रश्नलाई ह्रदयबाट आत्मसाथ गरेको छु। तर, आजसम्म मेरो नियत र इमानदारीतामाथि कसैले प्रश्न गरेको थिएन। नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट ुगलत भएको हुन सक्नेु भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दुस्खी बनाएको छ। यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणविना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो । यसलाई यही अर्थमा बुझिदिनु हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपालीमा आग्रह गर्दछु । यस्ता कपोलकल्पित र भ्रामक आरोपबाट म कति पनि विचलित हुने छैन । आगामी दिनमा अझ नेपाली क्रिकेटको विकास र विस्तारको लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार छु। धन्यवाद ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ