arrow

निर्मला पन्त बलात्कारपछि हत्याको तीन वर्ष पूरा, अपराधी अझै उन्मुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
Nirmala-Pant.jpg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगेको छ । तीन वर्षपछि उनको बलात्कारपछि हत्या भएको थियो । अभियोगमा थुप्रैलाई पक्राउ गरे पनि दोषी भने अहिलेसम्म फेला पार्न सकिएको छैन । 

दोषी पत्ता लगाउन पटक पटक छानबिन समिति बनाएर अनुसन्धान गरिएको भए पनि अहिलेसम्म वास्तविकता पत्ता लाग्न सकेको छैन । शुरुआतमा केपी शर्मा ओली नेतृत्वको सरकारले नै बेवास्ता गरेको उक्त घटनामा अधिकारवादीहरुदेखि दलहरुको चर्को विरोधबीच सरकार अनुसन्धान गर्न वाध्य भएको थियो । 

तर अहिलेसम्म निर्मला हत्याकाण्डको वास्तविकता पत्ता लाग्न सकेको छैन । प्रहरीले विभिन्न विधि अपनाएर अनुसन्धान गरेको भए पनि अहिलेसम्म यो घटनाको वास्तविकता पत्ता लगाउन नसकेको हो । 

प्रहरीले अहिले पनि आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको घटनापछि थुप्रै नेपाली बालिकाहरु बलात्कारपछि हत्याको शिकार भएका छन् । 

तर गम्भीर भएर घटनाहरु नकेलाइँदा अपराधीले उन्मुक्ति पाउने गरेको पाइएको छ । प्रहरीले आशा अझै मारेको छैन । परिवारले भने आशा मारिसकेको छ । 

निर्मला बलात्कारपछि हत्याजस्ता प्रकृतिका घटना बढिरहेका छन् । तर न दोषी भेटिन्छ न कारबाही नै हुन्छ । 

२०७५ साल साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो । 

यी सम्बन्धित समाचार पनि पढ्नुस्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ