arrow

गृह मन्त्रालयको प्रशासन महाशाखामा रिजाल, प्रवक्ता फेरिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
home-ministry-nepal.jpg

काठमाडौं । गृह मन्त्रालयले केही सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार प्रसासन महाशाखाको प्रमुखमा सहसचिव गोविन्द रिजाल आएका छन् ।

उनी गृह प्रसासनको क्षेत्रमा अब्बल अधिकारीका रुपमा चिनिन्छन् । सो महाशाखामा रहेका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखामा पठाइएको छ ।

यसैगरी गृह मन्त्रालयको प्रवक्तामा कारागार व्यवस्थापन विभागका महानिर्देशक फणीन्द्रमणि पोखरेललाई ल्याइएको छ । उनको स्थानमा गृह प्रवक्ता रहेका जनकराज दाहाललाई पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ