फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३०० रुपैयाँसम्मको छुट पाइने
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
938
Shares
काठमाडौँ। नेपालको सबैभन्दा पहिलो र ठुलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट इसेवाबीच सहकार्य भएको छ। आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरूबिचको यस समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ता हरूले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन्। एक कार्यक्रमा फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो।
सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरूलाई थप सुविधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ता हरूले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन्। फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरूको रुचि बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्रान्ड, सेल्स एन्ड मार्केटिङ म्यानेजर श्याम रत्न मालीले बताए।
उनले भने, ‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठुलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ। यसले अब ग्राहकहरूलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ।’
इसेवाको बृहत् नेटवर्कमा भएका ग्राहकहरूले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, ब्रान्ड, सेल्स एन्ड मार्केटिङ म्यानेजर मालीले भने। सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ।
इसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रसाईँले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरूलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताए। उनले भने ‘कोरोना भाइरसको महामारीमा मानिसहरूले घरबाटै विभिन्न अर्डरहरूको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठुलो नेटवर्क भएको फुडमाण्डुसँग ठुलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुसी भएका छौँ। यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ।’
इसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरूलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु ३०० सम्मको छुट दिने घोषणा समेत गरेको छ।