arrow

पोखराको सेती खोँचमा भेटियो महिलाको शव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
dead-body-parashi.jpg

पोखरा । पोखरामा एक महिलाको शव फेला परेको छ ।  सोमवार बिहान सेती नदी किनारामा परिचय खुल्न नसकेकी महिलाको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार ती महिला करिब ३० वर्षकी हुन् । पोखरा महानगरपालिका वडा नं. १५ अमिनतारास्थित सेती नदीको किनार खोँचमा महिलाको शव भेटिएको उनले बताए । 

घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको एसपी पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ