arrow

पुल नहुँदा सास्ती

logo
टेकराज अवस्थी, 
प्रकाशित २०७८ साउन १२ मंगलबार
dadeldhura-bridge-no.jpg

डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल परशुराम भएर बग्ने रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । वर्षातमा बाढीपहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५, ८ लाई प्रत्यक्ष र गाउँपालिका सदरमुकाम जोडने सुनखोला र रंगुन खोलाको दोभानमा पुल नहुँदा ज्यान जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता स्थानीयलाई रहेको छ । 

चर्चित सुनखोला र रंगुन खोलाको दोभानमा रहेको यो खोलामा पुन नभएपछि महिला वालवालिका सँगै बिरामीलाई उपचार गर्न समेत समस्या हुने गरेको स्थानीय बताउँछन् । खोलाको उत्तरी भेगका सर्वसाधारणलाई गाउँपालिका कार्यालय तथा स्थानीय बजार आउनजान सास्ती मात्र भएको छैन खोलामा पानीको सतह बढे पछि दुई घण्टा थप हिंडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नु पर्ने बाध्यता रहेको छ ।

पुल नभएर एकदम समस्या छ, हामीहरुले बजार आउनज र गाउँपालिका आउन यहि दुई खोला तर्नु पर्छ कतिपयले ज्यान पनि गुमाई सके, महिला वालवालिका बृद्ध सबैले सहजै खोला तर्न सक्दैनन भन्दै नागरिकलाई सास्ती मात्र छैन ज्यान जोखिममा पनि भएको आलिताल गाउँपासिलका वडा नंं ३ का वडा सदश्य बल बहा दुर बुढामगरले बताए ।  

गाउँपालिका उपाध्यक्ष जलादेवी बिष्ट बोगटीका अनुसार पुल निर्माणका लागि अध्ययन भए पनि जमिनको सतह कमजोर र भूबनोट उपयुक्त नभएकोले पुल निर्माण हुन नसक्दा स्थानीयलाई कष्ट भइरहेको बताए । उनले भनिन्, ‘एक पटक गाउँपालिकाको पहलमा पुलका लागि सर्भेडिजाइन गर्ने गरी केहि काम अगाडि पनि बढेकै हो तर सर्भे टिमले जमिन उपयुक्त नदेखिएको भनेपछि पुल बनाउने योजना स्थगित गरिएको हो ।’

गाउँपालिकाको पहिचानको रुपमा रहेको सुदूरपश्चिमको सबै भन्दा ठूलो तलाउ आलितालसम्म जान पनि पुल नभएकै कारण वर्षातमा संभब छैन खोला तरेर जाने बाटो पनि जोखिम छ खोलामा पुल नबन्दा आन्तरिक तथा बाह्य पर्यटन पनि वर्षातमा प्रभाबित भएको स्थानीय होटल व्यवसायी हरिप्रसाद जोशीले बताए ।  
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ