arrow

मन्त्रीपरिषद् बैठक सुरु : प्रदेश प्रमुख हेरफेर हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
deuba-cabinet1-2078-03-29.jpg
फाइल तस्बिर

काठमाडौँ । प्रदेश प्रमुख हेरफेरको निर्णय गर्न मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि मन्त्रीपरिषद् बैठक सुरु भएको हो । 

एक मन्त्रीका अनुसार बैठकले केही प्रदेशका प्रदेश प्रमुखहरू परिवर्तन गर्ने छ । ती मन्त्रीका अनुसार गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख तोक्ने तयारी छ।
 
मङ्गलवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भएको छलफलपछि सरकारले प्रदेश प्रमुख हेरफेर गर्न लागेको हो । 

माओवादी केन्द्रले मङ्गलवार नै प्रदेश प्रमुखमा अमिक शेरचन र तिलक परियारलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ । उनीहरू दुवै जनालाई यसअघिको केपी ओली सरकारले हटाएको थियो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए भने परियार प्रदेश २ मा थिए । 

संविधानमा भएको व्यवस्था अनुसार भने एकै व्यक्ति एउटै प्रदेशमा एक पटक भन्दा बढी प्रदेश प्रमुख बन्न पाउने छैनन् । सो व्यवस्था संविधानको धारा १६३ को उपधारा ४ मा छ । सो व्यवस्था अनुसार उनीहरू पहिलेकै प्रदेशमा भने दोहोरिन पाउने छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ