arrow

राष्ट्रपति भण्डारी सिन्धुलीमा, युद्ध सङ्ग्रहालयको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
bidya-Sinduli.jpg
तस्वीर : पुष्पराज आचार्यको ट्वीटरबाट

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । उक्त सङ्ग्रहालयको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार विहान सिन्धुली पुगेकी हुन् ।

कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छन् ।

सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकेसँगै राष्ट्रपतिबाट उद्घाटन गर्न लागेको हो । राष्ट्रपति पुग्नु अघि प्रधानसेनापति पूर्णचन्द्र थापाले योद्धाहरुको शालीक अनावरण गरेका छन् ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

६२ सय ७५ बर्ग फिटमा बनाइएको सङ्ग्रहालयको २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए । 



नयाँ