arrow

यसरी लगिदैछ सुनकोशीबाट पानी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
koshi-marin-diversion-2080-08-23 (13).jpg

सिन्धुली । सिन्धुली जिल्लामा बनिरहेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम सुनकोशी नदी तर्फबाट धमाधम चलिरहेको छ । 

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कूल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टनेल बोरिङ मेसिन टीबीएम संचालन भएको कूल १४ महिनाको अवधिमा करिब ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ । 

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अर्ब रुपैयाँ विनियोजन गरेमध्ये चालु आर्थिक वर्षसम्म करिब ११ अर्ब खर्च भइसकेको जनाएको छ । 

सुरुङ्गङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीबाट अघि बढाइएको छ भने र ३१ मेगावाट विद्युत उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका कार्यहरु सञ्चालन हुन थालेका छन् ।

 राष्ट्रकै बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण र संचालनले मधेस प्रदेशका आधा दर्जन जिल्लाका कृषि क्षेत्रमा सम्वृिद्ध हुने अपेक्षा गरिएको छ । 

सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानीलाई उक्त नदीमा बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीको किनारमा पुर्याइ उपलव्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत उत्पादन गरी निस्केको पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँंचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६,६०० हेक्टर र ४५,४०० हेक्टर गरी जम्मा १,२२,००० हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ । 

उक्त आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग २ किलोमिटरमाथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज, १५० मिटर लामो डिसेन्डिङ बेसिन, टनेल इण्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमिलामो सुरुङ, सर्ज एण्ड स्विच यार्ड, ३१ मेगावाट क्षमताको विद्युत गृह, ४४ किलोमिटर लामो विद्युत प्रशारण लाइन निर्माण गरिने छ ।

सुनकोशी मरिन डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बागमती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । (नेपाल फोटो लाइब्रेरी)
 

koshi-marin-diversion-2080-08-23 (1).jpg
koshi-marin-diversion-2080-08-23 (2).jpg
koshi-marin-diversion-2080-08-23 (3).jpg
koshi-marin-diversion-2080-08-23 (4).jpg
koshi-marin-diversion-2080-08-23 (5).jpg
koshi-marin-diversion-2080-08-23 (6).jpg
koshi-marin-diversion-2080-08-23 (7).jpg
koshi-marin-diversion-2080-08-23 (8).jpg
koshi-marin-diversion-2080-08-23 (9).jpg
koshi-marin-diversion-2080-08-23 (10).jpg
koshi-marin-diversion-2080-08-23 (11).jpg
koshi-marin-diversion-2080-08-23 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ