arrow

सत्तारुढ गठबन्धनका साझा मुद्दामा समर्थन कायम रहन्छ: चित्र बहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफ्नो दल शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा केसीले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने भन्दै जनमोर्चा सरकारमा सहभागी नहुने बताएका हुन् । उनले हाम्राकुरासँग भने,‘गठबन्धनका साझा मुद्दामा समर्थन हुन्छ तर सरकारमा सहभागी हुँदैनौं ।’

बैठकमा उनले सरकारलाई सुझाव दिंदै कोभिडका कारण जनता खोप नपाएर अकालमा ज्यान गुमाइरहेको अवस्थालाई मध्यनजर गर्दै खोपलाई प्राथमिकता दिनुपर्ने बताए । केसीले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संघीयताका मुद्दामा विरोध जनाइने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ