arrow

सांसद पद पुनर्बहालीको माग गर्दै चार ‘पूर्वमाओवादी’ नेता सर्वोच्चमा, विहीबारका लागि पेशी तोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
supreme-court-long.jpg

काठमाडौं । माओवादी केन्द्रले कारवाही गर्दै हटाएका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका पूर्व सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै चारैजना पूर्व सांसदले पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिएका हुन्। सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइको पेशी विहीबारका लागि तोकेको छ ।

माओवादी छाडेका चारैजना प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै चैत २६ गते माओवादीले उनीहरुलाई सांसद पदबाट हटाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ