- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकामा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् ।
चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई बुधवार बधाई सन्देश पठाएर चीन र नेपालबिचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताएका छन् ।
सन्देशमा चिनियाँ प्रधानमन्त्रीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यस विरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गरेका छन् ।
साथै उनले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबिचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश बुधवारै परराष्ट्रका अधिकारीलाई बुझाएकी हुन् ।