arrow

एन्फा कार्यसमिति बैठक शुक्रबार, के होला प्रशिक्षकको राजीनामा काण्ड ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
ANFA-NEW-bhaWn.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक रुपले शुक्रबार कार्यसमिति बैठक बस्दैछ । बैठकमा मुख्य रुपले नेपालमा १३ औं साफ च्याम्पियनसिप फुटबल आयोजना गर्नेबारे छलफल हुने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले  गत आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको छ । सोही विषयमा निर्णय गर्न कार्यसमिति बस्न लागेको हो । यसअघि नेपालले नै प्रतियोगिता आयोजना गर्न दिनका लागि साफसँग दावेदारी पेश गरेको थियो । 

आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोरोना महामारीका कारण आयोजना गर्न नसक्ने जानकारी दिएपछि नेपालले दावेदारी दिएको हो । 

कार्यसमिति बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार अपरान्ह ४ बजे बस्नेछ । 

यसबाहेक अहिलेको सबैभन्दा जल्दोबल्दो विषय भनेको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाइएको आरोप हो । 

गत आइतबार मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफूले राजीनामा दिने घोषणा गरेका थिए । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले विगत तीन हप्तादेखि काम गर्ने वातावरण नदिएको आरोप लगाउँदै राजीनामा दिने बताएका थिए । 

राष्ट्रिय टिमका प्रशिक्षकले किन ताने पंकज नेम्वाङलाई विवादमा ?

तर उनले राजीनामा भने दिएनन् । उनको आरोप र नेम्वाङको खण्डनका विषयमा कार्यसमितिमा छलफल हुनेछ । नेम्वाङले प्रशिक्षकको आरोपको खण्डन गर्दै एन्फालाई छानबिन गर्न ज्ञापनपत्रसमेत बुझाएका थिए । 

यो समस्यालाई सामाजिक संजालको दुरुपयोगका रुपमा समेत लिइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ