arrow

बाघको वासस्थान सुरक्षित राख्न विशेष ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
ser-ba.deuba-tigerday.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको वासस्थान सुरक्षित राख्न विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै देउवाले नेपालमा बाघको संख्या बढेसँगै बाघ हेर्नका लागि विदेशी पर्यटक नेपाल आउन थालेकाले वासस्थान सुरक्षित राख्न ध्यान दिनुपर्ने बताएका हुन् ।

बाघ, जंगल, मानव प्रजाति र प्रकृतिबीच अन्तरसम्बन्ध रहेको औंल्याउँदै देउवाले बाघका लागि जंगल आवश्यक भएको तथा जंगल मानव जाति र प्राकृतिक सन्तुलनका लागि अत्यावश्यक भएको बताए ।

चोरी शिकारी तथा बाघ र उसका अंगहरुको अवैध ओसारपसार नियन्त्रण गर्न नेपालले दिगो कार्ययोजना तयार पारेर कार्यान्वयनमा ल्याएको देउवाको भनाइ थियो । हाल नेपालमा बाघको संख्या दुई सय ३५ पुगेको र सन् २०२२ सम्ममा पिटर्सबर्ग सम्मेलनमा व्यक्त गरेको प्रतिबद्धता पूरा हुने उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ