arrow

कोरोनाको तेस्रो लहरको तयारी तत्काल शुरु गर्न प्रधानमन्त्री देउवाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
CCMC-metting.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना भाइरस महामारीको तेस्रो लहरको तयारी तत्काल शुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार साँझ बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले सम्भावित कोरोनाको तेस्रो लहरको तयारी तत्काल शुरु गर्न निर्देशन दिएका हुन् ।

उनले अस्पतालहरुमा अक्सिजनको प्रवन्ध गर्न, नाकाहरुमा कोरोनाको परिक्षण गर्न र वालवालिकाहरुका लागि विषेश सतर्कता अपनाउन पनि पनि निर्देशन दिए ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुका लागि १८० भेन्टिलेटर सहितको २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको छ ।

असोज दोस्रो सातादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने भनेको मन्त्रालयले देशभर हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) बेडहरु पनि विस्तार गरिन लागिएको जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ