arrow

देउवा र प्रचण्डबीच भेटवार्ता: सोमबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
prachanda-deuba.jpg.jpeg

काठमाडौं । मन्त्रिपरिषद् पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा मन्त्रालय भागबण्डाका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कुन मन्त्रालय कसलाई दिनेबारे वा पावर शेयरिङबारे दलहरुबीच सहमति भइनसकेकाले दुई नेताले सो विषयमा छलफल गरेका हुन् ।

गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकीरहेका बेला सोमबारसम्म पूर्णता दिनेगरी छलफल भएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले मन्त्रीहरुको नामावलीको टुंगो लगाउन सकेका छैनन् । ती दलहरुमा मन्त्री बन्नका लागि हानाथाप रहेको छ । जसका कारण मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो । देउवा सरकारमा अहिले चार मन्त्री र एक राजमन्त्री नियुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ