- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबिच बालुवाटारमा भएको बैठक निर्णय बिना नै टुङ्गिएको छ ।
मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने बताइए पनि सो विषयमा बैठकमा कुनै निर्णय नभएको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
‘मन्त्रीपरिषद् विस्तारबारे छलफल भयो, तर कुनै निर्णय भएन, पहिले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने विषयमा सहमति भयो,’ जसपा अध्यक्ष यादवले हाम्रा कुरासँग भने ।
उच्च स्रोतका अनुसार कसले कति मन्त्रालय लिने भन्नेमा नेताहरूबिच सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तारबारे सहमति हुन नसकेको हो । ‘सोमवारको बैठकमा कसले कति मन्त्रालय लिने भन्ने छलफल गर्ने कुरा थियो, त्यही विषयमा नै कुरा मिलेन, अब अहिले तत्काल मन्त्रीपरिषद् विस्तार हुँदैन,’ स्रोतले भन्यो ।
प्रधानमन्त्रीमा देउवा नियुक्त भएको सोमवार २१ दिन पुगिसकेको छ । देउवाले मन्त्रीपरिषद् विस्तार नगर्दा सरकारको आलोचनासमेत सुरु हुन थालिसकेको छ ।