arrow

पारसको निर्णय अप्रत्याशित : क्यान अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
paras-khadka.jpg.jpeg

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन् । 

क्यानका अध्यक्ष चन्दले संन्यास लिने पारसको निर्णय अप्रत्याशित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए । “पूर्व जानकारी गराएर संन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक संन्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन”, उनले भने । 

अध्यक्ष चन्दका अनुसार पूर्व कप्तान खड्काले मङ्गलवार बिहान करिब साढे ७ बजेतिर इमेल गरेर संन्यास लिन लागेको जानकारी गराएका थिए । उनले आइसिसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मङ्गलवार बन्द प्रशिक्षण सुरु गर्ने तयारी रहेको समेत बताए । 

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै मङ्गलवार सामाजिक सञ्जालमार्फत संन्यासको घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ