arrow

नेपाली क्रिकेटको विकास गर्न ग्रासरुट प्राथमिकतामा राख्नुपर्छ– पारस खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
paras-khadka-can-secretary.jpg

काठमाडौँ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन् ।

गैर आवासीय नेपाल सङ्घ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्व कप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन् । 

त्यसका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उनको बुझाइ छ । साथै पारसले क्यान समक्ष धेरै चुनौतीहरू रहेको उल्लेख समेत गरेका छन् । 

नेपाल क्रिकेटका संरचनालाई बलियो बनाउनु काम गरिरहेको बताउँदै पूर्व क्रिकेटर पारसले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गरेका छन् ।  

उनले खेलको जित मात्रै नभई क्रिकेट कल्चरलाई विकास गर्नुपर्ने धारणा राख्नुभएको छ । थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै यहाँसम्म आइपुगेको उनको भनाई छ । 

उनले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको समेत औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ