arrow

मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना : पारस खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
paras-khadka-can-secretary.jpg

काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा नव निर्वाचित पारस खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् ।  उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अझ अघि बढाउने पनि बताए । 

उनले जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताए । उनले भने, ‘चुनाव त्यति सहज रहेनछ । मसँगै मैले चाहेको, हाम्रो टिमको पनि केही व्यक्ति आउनुभएको भए सहज हुनेथ्यो ।  सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ । म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ । आफैँ अब नेपाल क्रिकेट सङ्घको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ । नेपाली टिम परिपक्व छ । मैले क्रिकेट खेल्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु, त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीपमा सोचेको छु ।’

पारसले प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै सचिवमा निर्वाचित भएका हुन् ।  कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याएका थिए भने प्रशान्तले ३७ मत ल्याए  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ