arrow

पारस खड्का क्यानको सचिवमा निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
paras-khadka-can-secretary.jpg

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् ।

क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन् । उनी क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन् । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे । उनको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे ।

निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गरे । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ ।

त्यस्तै क्यानको अध्यक्षमा चतुरबहादुर चन्द पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित भएका छन् ।

महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् । सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन भए ।

अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो । त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयीभए । मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयीभए ।

त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयीभए भने बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयीभए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयीभए । खुला सदस्यमा धीरेन्द्र साउद ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचितभए ।

त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गरे भने वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयीभए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गरे र गोलाप्रथा गर्दा महतरा विजयीभए ।

पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो । क्यानको निर्वाचनमा कुल ८५ जनाले मतदान गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ