arrow

बुद्धले बुझाए-अछुत को हो ?

logo
बुद्ध,
प्रकाशित २०७८ साउन १९ मंगलबार
gautam-buddha1.jpg

एक समय महात्मा बुद्ध प्रवचन सभामा आएर मौन बसे। उनको मौनताका कारण चेलाहरू चिन्तित थिए। एक शिष्यले सोधे, "भन्ते! आज तपाई किन यसरी चुप बस्नुभएको छ?" तर पनि बुद्ध बोलेनन् । अर्को चेलाले फेरि सोधे - "गुरुदेव! के तपाईँ स्वस्थ हुनुहुन्छ? " बुद्ध अझै मौन थिए।

यतिमै बाहिरबाट एक व्यक्तिले ठुलो स्वरमा सोधे - "तपाईँले आज मलाई धर्म सभामा आउने अनुमति किन दिनुभएन?"

बुद्धले कुनै जवाफ दिएनन् र आँखा बन्द गरी ध्यानमग्न भए ।  बाहिर उभिएका ती व्यक्ति अझ ठुलो स्वरमा भने - "मलाई किन धर्म सभामा उपस्थित हुन दिइँदैन?"

धर्म सभामा बसेका बुद्धका एक शिष्यले उनको समर्थन गरेर भने - "भन्ते! उहाँलाई धर्मगुरुमा आउन दिनुहोस्। "

महात्मा बुद्धले आफ्नो आँखा खोलेर भने - "हैन, उनलाई अनुमति दिन सकिँदैन किनकि उनी अछुत हुन्।"

"अछुत ! तर किन?" सबै चेलाहरू यो सुनेर आश्चर्यचकित भए । बुद्धले छुवाछुत कहिलेदेखि विश्वास गर्न थाले भनेर उनीहरू छक्क परे ।

महात्मा बुद्धले शिष्य समुदायलाई सम्झाउँदै भने, "हो, उनी एक अछुत हुन्। उनी आज आफ्नी श्रीमतीसँग लडेर आएका छन् । क्रोधले जीवनको शान्ति भङ्ग हुन्छ।  क्रोधित व्यक्तिले मानसिक हिंसा गर्दछ। यस क्रोधको कारणले नै शारीरिक हिंसा हुन्छ।  क्रोध गर्नेवाला अछुत हो किनभने उसको विचारको लहरले अरूलाई पनि असर गर्छ। यसैले यीनलाई आज धर्म सभाबाट बाहिर नै रहनु पर्छ। उसले त्यहाँ उभिएर पश्चात्तापको आग्रीमा तप गरेर आफूलाई शुद्ध पार्नु पर्छ। " चेलाहरूले बुद्धका कुरा बुझे  । 

त्यी व्यक्तिलाई पनि बुद्धका कुरा सुनेर धेरै पश्चात्ताप भयो। उनले कहिल्यै पनि क्रोध नगर्ने प्रण गरे। बुद्धले उनलाई धर्म सभामा आउने अनुमति दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ