arrow

एक रेडियो जसले ६३ वर्पषछि लगायो प्रसारणमा विराम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
radio.jpeg

आइएनएन ।  सन् १९५८ को जनवरी महिना देखि प्रसारण सेवा सुरु  भएको  एक रेडियोले ६३ बर्सपछि प्रसारणमा पूर्ण विराम लगाएको छ । भ्वाइस अफ अमेरिकाको (भिओए) बङ्गला भाषा सेवा  एफएम र सर्ट वेभ रेडियो प्रसारण गत साताबाट औपचारिक रूपमा बन्द भएको छ । 

यस रेडियोले विगत ६३ वर्ष देखि बङ्गलादेश र बङ्गाली भाषी भारतीय राज्य पश्चिम बङ्गाल, त्रिपुरा र असममा सेवा प्रदान गर्दै आएको थियो। यस रेडियोको दर्शक घट्दै गएको कारण बङ्गला सेवा बन्द गरिएको हो। जम्मा १ प्रतिशत भन्दा कम मानिसले यस रेडियो प्रसारण सुन्ने गर्दथे। तर सामाजिक सञ्जालमा भने भिओए को दर्शक उल्लेखनीय रूपमा वृद्धि भएको छ।

"बङ्गलादेशमा टिभी र अनलाइन समाचार पहुँच बढ्दै जाँदा, भिओएको बङ्गला सेवा कार्यक्रम पनि प्रचलित मञ्चमा उपलब्ध हुनु आवश्यक छ।"अमेरिकी अन्तर्राष्ट्रिय प्रसारक भिओए का सक्रिय निर्देशक जोन लिप्पम्यानले एक प्रेस विज्ञप्तिमा जानकारी दिएका छन्।

सन् १९५८ मा बङ्गलादेश पूर्वी पाकिस्तानको रूपमा चिनिन्थ्यो र यो सेनानी कानुन को अधीनमा रहेको एउटा क्षेत्र थियो। त्यसताका न कुनै टेलिभिजन थियो न त कुनै रेडियो। त्यस्तो समयमा यस रेडियोले सेवाले स्वतन्त्र समाचार र संसारमा घटित घटनाहरूको जानकारी दिने गर्दथ्यो।‌‌

त्यस समय रेडियो प्राथमिक समाचार प्रदान गर्ने एक मात्र माध्यम थियो ।  भिओए एक मात्र यस्तो रेडियो सेवा थियो जसले स्वतन्त्र समाचार र सूचना प्रसारण गर्ने गर्दथ्यो। त्यस कारण प्रायः सबै बङ्गाली भाषी जनसङ्ख्याको लागि समाचार प्राप्त गर्ने यो एक मुख्य माध्यम थियो।

सन् १९६० को दशकमा भएको मुख्य दुई घट्ना-मार्टिन लुथर जुनियरको 'मसँग एक सपना छ' भाषण र नील आर्मस्ट्रङको चन्द्रमा यात्रा- जस्ता उल्लेखनीय विश्व घटनाहरूको बारे यस रेडियो सेवाले जानकारी दिएको थियो। साथै सन् १९९१ मा भएको सोभियत रुसको विखण्डन बारे पनि यस रेडियो सेवाले समाचार प्रसारण गरेको थियो। तसर्थ भारतीय उपमहाद्वीपमा यस रेडियो सेवाले प्रतिष्ठा आर्जन गरेको थियो।

सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्ध को बेला भिओएले मधुर धुन प्रसारण गरेको थियो। ढाका स्थित शोधकर्ता अशरफुल इस्लामका अनुसार सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्ध प्रसारण ताका यस रेडियो सेवाको स्वर्ण युग थियो।

" सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्ध प्रसारण ताका यस रेडियो सेवाको स्वर्ण युग सुरु भएको थियो। भिओए बङ्गला रेडियो सेवाको स्वतन्त्र समाचार प्रसारणले पश्चिम तर्फ भएको श्रोताको धारणा मा परिवर्तन ल्याएको थियो।" " त्यस ताका पूर्वी पाकिस्तानमा भएको मुक्ति सङ्ग्राम स्वतन्त्रता सङ्ग्राम होइन भन्ने पश्चिमा धारणा लाई भिओए रेडियो सेवाले खारेज गरेको थियो।"

पत्रकारिता इतिहासमा भिओए बङ्गला सेवा बन्द भएको‌ दिन एक दुःखद दिन हो भन्दै अनुभवी भारतीय पत्रकार मानस घोषले सन् १९७१ मा बङ्गलादेशमा भएको घटनाको प्रामाणिक समाचार प्राप्त गर्न रेडियो प्रसारण सुन्ने गरेको दिनको सम्झना गरे।

" त्यस बेला पाकिस्तान सेनाले चलाएको सर्च लाइट अभियान र बङ्गलादेशले स्वतन्त्रताको लागि सुरु गरेको आन्दोलन का बारे विश्वसनीय जानकारी प्राप्त गर्ने भिओए एक मात्र स्रोत थियो।" घोषले भन्नुभयो। उनी बङ्गलादेश मा‌ गएर त्यहाँ को युद्ध बारे समाचार प्रेषण गर्ने केही भारतीय पत्रकार मध्ये का एक थिए।

" सन् १९७१ को मार्च महिनाको २७ तारिख मा पाकिस्तानी सेनाले २ सय ५० हिन्दु बसोबास गर्ने क्षेत्रमा नरसंहार मच्चाएको थियो। भिओएले उक्त घट्नाको प्रत्यक्ष प्रसारण गरेको थियो।"

त्यस रात पाकिस्तानी सेनाले नमरा काली मन्दिरमा पेट्रोल र गनपाउडर छर्केर आगो लगाइए दिएका थिए। ५० वटा गाई, मन्दिरको पुजारी सहित १ सय १ जना हिन्दु मारिएका थिए। उक्त घटना भएको दुई दिनपछि युएसएआईडीका डा. जोन ई. रोहडेले त्यस क्षेत्रको भ्रमण गरेका थिए। मेशिन गनले मारेर आगोमा जलाइएका थुप्रै पुरुष, महिला र बच्चाहरूको लास उनले देखेका थिए।

" भिओएले डा. रोहडेले दिएका सम्पूर्ण विवरण प्रसारण गरेको थियो। यसरी हामीले सन् १९७१ को सम्पूर्ण घटना बारे जानकारी प्राप्त गरेका थियौँ।"

यस समाचार को प्रसारण गरेका पश्चिम बङ्गाल राज्यका अर्का पत्रकार दिलीप चक्रवर्तीले भने, "प्रसारणको वैचारिक प्रकृति जस्तोसुकै भए पनि कुनै पनि मिडिया सेवा बन्द गर्नु अफसोसजनक हो र यो एक विश्वसनीय मिडिया सङ्गठन सङ्कुचित हुँदै गएको एक सूचक हो।" चक्रवर्तीले भने कि उनी रेडियो सेवा बन्द गर्नु को पछाडि श्रोता घट्दै गएको कारण भन्नु निरर्थक हो।

" आवश्यक परिवर्तन ल्याएर सेवा सञ्चालन गरिरहन नसक्नु यस रेडियो सेवा का अधिकारी को असफलता हो। बङ्गलादेश र भारतको सीमा मा रहेका असङ्ख्य गाउँ का मानिसहरू यस रेडियो सेवाको‌ श्रोता हुन सक्छन्।" चक्रवतीले थप भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ