arrow

सुजिता हत्याकाण्ड : महोत्तरीका एसपीले अपराधीलाई संरक्षण गरेको आरोप

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ साउन २२ शुक्रबार
sujita-murder.jpg

जनकपुरधाम । महोत्तरी भम्रपुराकी सुजिता हत्याकाण्डमा महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले सुजिताको चरित्रहत्या गरी मुद्दालाई कमजोर बनाएको आफन्तहरूले आरोप लगाएका छन् । 

 पीडित परिवारद्वारा जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अभियन्ता गुन्जा रायले एसपी आचार्यले अपराधीहरू लाई संरक्षण गरेको आरोप लगाइन् । अभियन्ता रायले भनिन्, सुजिता हत्या काण्ड रहस्यमयी बनाइरहेका छन्।

सुजिताकी आमा सुनिता देवी पाण्डेका अनुसार एसपी आचार्यले पत्रकार सम्मेलन मार्फत मृतक छोरी सुजिताको चरित्र हत्याका कुरा मात्र गरी मुद्दालाई कमजोर बनाउने प्रयास गरी अपराधीलाई उन्मुक्ति दिन खोजेको बताइन् । 
 
सुजिताकी आमा सुनिताले भनिन - छोरीको श्रीमान् सुस्त मनस्थितिका कारण कमाउन नसक्ने भएकोले छोरीले आफ्नो बच्चा को पालन पोषण र जीवन निर्वाह गर्न पटक पटक अंश माग गर्दा र केही घडेरी खेत सुजिताको देवरको ससुराल तर्फको नाममा सारेको कुरालाई लिएर अबाज उठाउँदा सुजितासङ झैँ झगडा र कुटपिट गर्दै आएका थिए ।'

सुजिताका देवर र ससुरा डेढ वर्ष पहिला आँखा फुट्ने गरी तकिया थिचेर मार्ने प्रयास नै गरेको घटना लाई प्राथमिकता मा नराख्नु को कारण के हो ? उनले प्रश्न गरिन् । महोत्तरीका एसपी आचार्यले कल रेकर्ड देवर रुपेश ठाकुर र बुबा कामेश्वर पान्डेको मात्र सुनाइ बाकी ससुरा पतिराम ठाकुर , देवरानी रोमी ठाकुरहरूको नल्याई एउटा रेकर्ड मात्र सुनाइ सुजिताको चरित्र हत्या गरेको बताइन् ।
 
 सुजिताको बाबुलाई जबरजस्ती दोषी ठहराइ षडयन्त्र गरेको अभियन्ता गुन्जा रायले आरोप लगाइन् । ससुरा र देवरानीको रेकर्ड बाहिर ल्याए सुजिताको बाबुलाई दोषी वा निर्दोष रहेको कुरा बाहिर आउने बताइन् ।

अपराधी पतिरामलाई फरार गराइ एसपीले रुपैयाँको ठुलो रकम लिई घटना लाई ढाकछोप गर्दै सुजिताको चरित्र सङ मात्र जोडी मुद्दालाई कमजोर बनाइ अपराधीलाई संरक्षण गरिरहेको सामाजिक अभियन्ता रायले आरोप लगाइन ।

मृतककी आमा सुनिताले भनिन् मलाई घटना घटेको ३ दिन पछि थाहा भो जेष्ठ २० गते छोरीलाई मारेको र जेष्ठ २३ गते इलाका प्रहरी कार्यालय पिपरा मा खोजतलासको निवेदन दिएको कुरालाई एसपीले महत्त्व नदिई असार ४ गतेमा जाहेरी नलिई असार ६ गतेको पुन खोज तलास कै निवेदन दिन लगाइ उक्त मितिलाई मात्र मिडियामा राखेर आफ्नो लापरबाही आफ्नो गल्ती लाई एसपीले लुकाउन खोजेको आरोप लगाइन ।

उनले एसपीसङ प्रश्न गरिन ,'छोरा जितेन्द्र र सुजिताका देवर रुपेश ठाकुरबिच भएको कुरा को रेकर्ड सुनाउँदा हप्काएर आधार नमानी जाहेरी दर्ता नगर्ने एसपी त्यही मोबाइल रेकर्ड कै कुरालाई आधार मानी मेरो श्रीमानलाई दोषी देखाइ किन थुना मा राखेको ?'

शवको पहिलो उत्खनन भएको दिन सामु सुजिताका ससुरा पतिराम ठाकुर र ड्राइभर भोगी महतो हाम्रो सम्पर्क मै रहेको बताएका एसपी आजसम्म पक्राउ नगरी ठुलो रकम खाइ उनीहरूलाई संरक्षण गरिरहेको आरोप लगाउँदै उनले अब पनि पक्राउ नगरे छोरीको न्यायका लागि सडकमा उत्रिने बताइन ।

पीडित परिवारजनले प्रहरी माथिको विश्वास उठिसकेको र प्रहरीद्वारा मरिसकेको मान्छेको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्य विरुद्ध अदालतमा मुद्दा दिने र सडक आन्दोलन गर्ने बताए ।

उनीहरूले कामेश्वर पाण्डेको कल रेकर्ड आएकोमा सुजिताको ससुरा पतिराम ठाकुरको पनि कल रेकर्ड आउनु पर्ने र फरार रहेका पतिराम ठाकुर लगायत परिवारको अन्य सदस्यलाई पक्राउ गर्नु पर्ने माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ