arrow

मेलम्ची लगायतका स्थानमा बाढी प्रभावितलाई तत्काल राहत प्याकेज घोषणा गर्न राप्रपाको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
raprapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकको मेलम्ची लगायतका स्थानमा आएको भीषण बाढीका कारण मृत्यु भएका र बेपत्ता भएका परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।

राप्रपा अध्यक्ष पशुपति सम्शेर जबराले शनिबार प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष सात बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल राहत प्याकेजको घोषणा गर्न माग गरेका हुन् ।

२०७८ असार १ गते पाँचपोखरी र हेलम्बु गाउँपालिका साथै मेलम्ची नगरपालिकामा भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएकाले तत्काल राहत प्याकेज घोषणा गर्न, बाढीले क्षतविक्षत भएका पुल, शिक्षण संस्था, विद्युत आदि भौतिक संरचनाको तत्काल बैकल्पिक माध्यमबाट र भविष्यमा दिर्घकालिन रुपमा पुनःनिर्माण गर्न पनि माग गरेको छ ।

त्यस्तै हाल पनि उक्त क्षेत्रहरुमा निरन्तर बाढी आइरहेकाले तत्काल विशेषज्ञ टोली खटाइ बाढीको कारण पत्ता लगाउन र क्षति भएका स्थानहरु पत्ता लगाइ स्थानीयबासीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ