arrow

एक दुई दिनमा गृह सचिव फेरिने, को को छन् सम्भावित ?

logo
आकाश शर्मा
प्रकाशित २०७८ साउन २४ आइतबार
home-ministry-nepal.jpg

काठमाडौँ। सरकार फेरिने बित्तिकै महत्त्वपूर्ण मन्त्रालयहरूमा सचिव फेरिने परम्परा नै भएको छ । खास गरी, गृह, अर्थ जस्ता मन्त्रालयमा सरकार फेरिए पछि सचिव फेरिने गर्छन् । अर्थमा सचिव फेरिएका छन् । अब सबैको नजर गृह सचिवमा परेको छ । त्यसैले गृह सचिवमा नियुक्ति पाउन एक दर्जनभन्दा बढी बहालवाला सचिवहरूले दौडधुप सुरु गरेका छन् ।

स्रोतका अनुसार गृह मन्त्रालयमा एक दुई दिन भित्रै गृह सचिव फेरिने सम्भावना छ । गृह मन्त्रालयमा जसले नेतृत्व लिएका हुन्छ, उनी निकट व्यक्तिले गृह सचिव हुने चाहना राखेको हुन्छन् । गृह सचिवमा प्रधानमन्त्रीको पनि चासो हुने गर्छ । 

त्यसो त, बहालवाला गृह सचिव महेश्वर न्यौपानेले पनि गृहमै थमौती हुन प्रयास गरेका छन् । उनी १६ महिनाभन्दा लामो समयदेखि गृहमै छन् । त्यसैले उनको थमौतीको सम्भावना कम रहेको स्रोतले बतायो । स्रोतका अनुसार, गृहमा जान केही विवादित सचिवहरूले पनि प्रयास गरेका छन् ।

गृहमा जान उद्योग तथा वाणिज्य सचिव दिनेश भट्टराई ले चाहना राखेका छन् । खोटाङ पुर्ख्यौली भई सुनसरी बस्दै भएका भट्टराई सहसचिव हुँदा गृहमा लामो समयसम्म बसेका छन् । गृहमा उनको विशेष अनुभव छ । गृह मन्त्रालयमा बस्दा उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएका थिए । प्रजिअको रूपमा उनको भूमिकालाई तत्कालीन गृहका अधिकारीहरूले प्रशंसा गरेका थिए । उनी गृहमा हुँदा गृह मातहतको राष्ट्रिय परिचय पत्र कार्यक्रमको पनि प्रमुख भएका थिए, त्यस क्रममा उनी विवादमा तानिएका भने थिए । भट्टराईले यसअघि  पर्यटन विभागको महानिर्देशक पदमा काम गरिसकेका छन् । 

त्यसो त, गृह सचिव हुन भूमि व्यवस्थापन मन्त्रालयका सचिव टेकनारायण पाण्डे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुरस्कार कर्ण, राष्ट्रिय योजना आयोगका सचिव केबल प्रसाद भण्डारीले चाहना राखेका छन् । डेमोक्रयाट सचिवको रूपमा चिनिएका भण्डारी यही कारण केपी ओली नेतृत्व सरकारमा उनी ठाउँ ठाउँ लखेटिएका थिए । हाल उनी राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । ओली नेतृत्वमा हुँदा आकर्षक मन्त्रालयमा उनी कहिले जान पाएनन् ।
 
श्रम सचिव सूर्य गौतम पनि गृह सचिव हुन दौडधुपमा लागेका छन् । गृहमा जान उनले विभिन्न नेताहरूको घर धाउने गरेका छन् । सङ्घीय मामिला सचिव एकनारायण अर्याल, पर्यटन सचिव यादव कोइराला पनि गृह सचिव पाइन्छ कि भनेर दौडधुपमा छन् । गौतम र अर्याल सहसचिवबाट सचिवमा बढुवा भए पछि पहिलो नियुक्ति काठमाडौँमा पाउने भाग्यमानी सचिव हुन् । गृह सचिव हुन उद्योग सचिव अर्जुन पोखरेलले पनि चाहना राखेका छन् । गृहमा जान उनले पनि विभिन्न माध्यमबाट लागिपरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ