arrow

शाखा अधिकृतको विज्ञापन तत्काल अघि नबढाउन सर्वोच्चको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
supreme-court-long.jpg

काठमाडौं। सर्वोच्च अदालतले लोक सेवा आयोगले सङ्घको शाखा अधिकृतमा पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति  प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले आज २०७६ माघमा ५ सय ६० र २०७७ माघमा  १ सय १४ गरी ६ सय ७४ रिक्त पद पूर्तिका लागि आयोग गरेको विज्ञापन अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो । आयोग विरुद्ध अर्जुन घिरिरेले दायर गरेको रिट निवेदनमा उक्त आदेश भएको हो । कर्मचारी समायोजन गर्दा सङ्घमा भएका ३४ जना शाखा अधिकृतलाई दरबन्दी नभएको भन्दै स्थानीय तहमा पठाइएको थियो । रिक्त पद हुँदाहुँदै आफूलाई स्थानीय तहमा पठाइएको र ती ३४ जनाभन्दा पछि आएका सङ्घमा वरिष्ठ हुने भएकाले समानता र प्रशासनिक न्यायको दृष्टिले कानुन सम्मत नहुने हुँदा आफूलाई पनि सङ्घमा समायोजन गर्नुपर्ने रिट निवेदकको माग थियो ।

आदेशमा भनिएको छ, “निवेदकको पद सङ्ख्यामा पदपूर्ति नगरी सो पदमा यी निवेदकलाई कर्मचारी समायोजन गर्ने कारबाही गर्न गराउन अन्तरिम आदेश जारी गरिएको छ ।” आदेशमा सङ्घमा पद रिक्त हुँदा पनि निवेदकलाई ऐन बमोजिम समायोजन नगरी ती पदमा खुल्ला विज्ञापनबाट पदपूर्ति गरिँदापछि आउने वरिष्ठ हुने र सङ्घमा रहने अवस्था हुँदा समानता र प्रशासनिक न्यायको दृष्टिले कानुनसम्मत नभएको उल्लेख छ ।

ती ३४ जना शाखा अधिकृतले विज्ञापन हुनुभन्दा अगाडि आफूहरू सङ्घमा नै रहन चाहेको निवेदन दिएको तर त्यसको सुनुवाइ नभएको रिट निवेदनमा छ । अदालतले सङ्घमा ती निवेदकको समायोजन नगरी विज्ञान प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ