arrow

बेनीमा आगलागी: दुई पसलमा क्षति

logo
रासस
प्रकाशित २०७८ साउन २६ मंगलबार
fire-final_1618024271.jpeg
सांकेतिक तस्विर ।

गलेश्वर। सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।  बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति  भएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए ।

आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठुलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ