arrow

ओलीले देउवालाई हात जोड्दै भने- मन्त्री दिनुस् प्लिज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
olis-deubas.jpg

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका नेताहरूलाई मन्त्री पद दिन आग्रह गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष सम्बोधनमा अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । 

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक संसद्मा सम्बोधन गर्दै ओली सभामुख मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे 'मन्त्री दिनुस् प्लिज' । 

आफ्नो सम्बोधनको अन्तिममा ओलीले भने ,'एउटा कुरा चाहिँ अलिकति अनुरोध गर्ने परो जस्तो लाग्यो । सम्माननीय प्रधानमन्त्री ज्यू, मेरा पार्टीका केही मान्छेहरू पाउला र खाउँला भनेर यहाँका पछि कुदेका छन् । तिनीहरूलाई मन्त्री दिनुस् न किन विलम्ब गर्नु भएको । हिरिक्क हिरिक्क भएका छन् बिचराहरू मन्त्री खानलाई ।'

ओलीले हात जोड्दै थपे,' प्लिज यति त गराइ सक्नुभयो, पछि त लगाइ सक्नुभयो, पछिपछि हिँडेका छन्, कुदेका छन् । मन्त्री खान पाउ भनेका छन्, बिहान बेलुका चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझौला ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ