arrow

'देउवा नेतृत्वको सरकारले पनि ओलीले जस्तै गल्ती दोहोर्‍यायो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
hurpes.jpg.jpeg

काठमाडौं । सरकारको प्रस्तावमा राष्ट्रपतिबाट अध्यादेश जारी भएकोमा मानव अधिकार तथा शान्ति समाजले गम्भीर ध्यानाकर्षण जनाएको छ ।  बुधवार समाजका तर्फबाट रामकृष्ण बरालले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भनेका छन् । 

'प्रतिनिधिसभा अधिवेशन अकस्मात् अन्त्य गरे लगत्तै सरकारले, राजनीतिक दलहरूको विभाजनलाई बढवा दिने गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरे पश्चात् राष्ट्रपतिबाट यस सम्बन्धी अध्यादेश जारी भएकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।' विज्ञप्तिमा उल्लेख छ ।

२०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याइ गल्ती गर्दा शान्ति समाजले गत वर्ष पनि त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै निन्दा एवं भर्त्सना गरेको थियो । 

विज्ञप्तिमा 'अहिले शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले पनि सोही गल्ती दोहोर्‍यादै गरेको लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको शान्ति समाज निन्दा एवं भर्त्सना गर्दछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ