arrow

बजाजको नयाँ शोरुम अब धरानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
bajaj-dharan-showroom.jpg

काठमाडौँ। नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “अर्बिन एण्ड ब्रदर्स अटो” को उद्घाटन गरेको छ।

नेपालमा सबभन्दा अधिक बिक्री हुने विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि शोरुम सञ्चालनमा ल्याएको छ। यस उद्देश्यलाई सार्थक बनाउन अर्बिन एण्ड ब्रदर्स अटोका प्रोप्राइटर अब्र्रिन तामाङलाई डिलर सीप प्रदान गरिएको कम्पनीले जनाएको।

बजाज ग्राहकहरूले खरिद गरेको सामाग्रीको अधिकतम महत्त्व प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ। नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग  पुग्ने कम्पनीको विश्वास छ। बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधा पुर्‍याउने प्रयास गरी रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नयाँ शोरुम सुरु गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, "हामी धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौँ। हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। धरानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।"

शोरुम उद्घाटनको अवसरमा अर्बिन एण्ड ब्रदर्स अटोले मोटरसाइकल किन्ने ग्राहकहरूका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ