arrow

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
bajaj-avengar.jpg

काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउने बताइएको छ । शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको कम्पनीले जनाइएको छ। 

यसमा रोडस्टर डिजाइनको हेडल्याम्प रहेको छ भने एलईडी डीआरएलका साथ यसले दीर्घकालिन छाप सृजना गर्ने बताइएको छ । यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि रहेका छन् ।

यो १६०सीसी डीटीएस आई इन्जिनद्वारा संचालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ। यसले ५ स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ ।

सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेक रहेको छ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससंगै रहेका छन् ।

चालकको आरामको लागि यो लामो स्लंग, लामो सीट र अद्वितीय विस्तारीत फुटरेस्ट स्थानमा साथ बनाइएको छ। नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु ३ लाख १९ हजार ९ सयमा असोज १५ गतेदेखि देशभर उपलब्ध भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ