arrow

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
bajaj-showroom-barabise.jpg

काठमाडौँ। नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बाह्रबिसे, सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड” को उद्घाटन गरेको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम सञ्चालनमा ल्याएको छ। यस उद्देश्यलाई सार्थक बनाउन सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोप्राइटर राजेश श्रेष्ठलाई डिलर सीप प्रदान गरिएको छ।

बजाज ग्राहकहरूले खरिद गरेको सामाग्रीको अधिकतम महत्त्व प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ। नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ। बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधा पुर्‍याउने प्रयास गरिरहेको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुप डिरेक्टर अभिमन्यु गोल्छाले भने, "हामी बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौँ। हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। बाह्रबिसेमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ