arrow

"बजाज एक्सचेन्ज महा मेला" असोज १७ देखि २३ गतेसम्म भृकुटीमण्डपमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
bajaj-exchange-2078-offer.jpg

काठमाडौँ। नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “फाइदा मोर, टेन्सन नो मोर” शीर्षकका साथ “बजाज एक्सचेन्ज महा मेला” अफरको ल्याएको छ। यो अफर असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौँको भृकुटी मण्डपमा लागु हुने कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन्। यसमा १८ भन्दा बढी भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थप गरी दिने छ।

यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ।
एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउने छन्।

यस मेगा इभेन्टमा थुप्रै कलाकारहरूको प्रदर्शन पनि सामेल हुनेछ जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहने छ।

साथै, बजाजले “बजाज खुसी को ३ डोज” नामक आफ्नो दसैँ अभियान सफलता पूर्वक चलाइरहेको छ। ग्राहकहरूले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखतमा र किनी सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन्। ग्राहकहरूले बाइक किन्नु भन्दा पहिले रु १०,००० सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्। त्यस बाहेक, उपभोक्ताहरूले मोटरसाइकलको खरिदको दौरानमा रु १००००० सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर
अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि रु १०००००० को नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ